नियम १८४
प्रतितपत्रद्वारा मालसामान झिकाउ“दा पेश्की फछ्र्यौट गर्नु पर्ने
(१) स्थानीय
निकायले प्रतितपत्रद्वारा मालसामान झिकाउ“दा मालसामान प्राप्त भएको मितिले पन्ध्र
दिनभित्र प्रतितपत्र खोलेको पेश्की रकम फछ्र्यौट गर्नु पर्नेछ ।
(२) मालसामान उपलब्ध गराउने सम्बन्धित फर्म वा बिक्रेताबाट मालसामान
उपलब्ध हुन नसकेकोमा वा तोकिएको समयभित्र मालसामान प्राप्त हुन नसकेमा
साधारणतया प्रतितपत्र रद्द गर्नु पर्नेछ र सो बापत बैड्ढमा जम्मा भएको रकम फिर्ता
लिई प्रतितपत्र खोलेको पेश्की रकम फछ्र्यौट गर्नु पर्नेछ ।
(३) प्रतितपत्रको माध्यमबाट माल सामान खरिद गर्दा सोको अभिलेख राख्नु
पर्नेछ ।